बाँके, ४ असार । बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।
बुधबारदेखि गाउँपालिका–३ कालाफाँटाबाट शुरु गरिएसगै पहिलो चरणमा सिँचाइका लागि पोखरी निर्माण गर्न वडा नं ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
उनका अनुसार उनीहरुलाई दैनिक रु ५१७ ज्याला दिइनेछ । यसैबीच बाँकेमा गरीब घरपरिवार पहिचान तथा गरीब परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग एवम् जिल्ला समन्वय समितिको आयोजनामा सो परिचयपत्र वितरण गर्न लागिएको हो । सो कार्यक्रम हाल प्रदेश नं ५ को बाँके जिल्लामा मात्र लागू गरिने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्