काठमाडौं, २ चैत । मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा एमालेको पक्षमा जनलहर उर्लिएको देखेपछि कांग्रेस –माओवादी घोषित चुनाव रोक्ने खेलमा लागेको देख्न थालिएको छ । स्थानीय निकायको निर्वाचन भए हिमाल,पहाड र तराई सबैतिर एमाले पार्टीले बढार्ने निष्कर्ष निकाल्दै घोषित मितिको निर्वाचन नै रोक्ने डिजाइन अनरुप कांग्रेस सभापति शेरवहादुर देउवाले अभियान अघि बढाएका छन् ।
सिगो देशलाई नै निर्वाचनको माहोलतर्फ लैजानु पर्ने जिम्मेवारी बोकेको सत्तारुढ दलका सभापति देउवा उल्टै पहिले संविधान संम्शोधनको गीत गाउँदै हिड्नु भनेको यो वा त्यो वाहनामा निर्वाचन विथोल्नु नै हो । निर्वाचन तर्फ अघि बढिसकेको मुलुकलाई एकाएक संम्शोधनको नाममा पछाडि फर्काउने खेलमा देउवा लागेका छन् । यसबीच देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर चुनाव भन्दा पहिले नै जसरी भए पनि संविधान सम्शोधन हुने र आफू त्यसका लागि क्रियाशील भएको वताइसकेको छन् ।
त्यति मात्रै होइन, देउवाले निर्वाचन रोक्नका लागि पार्टीबाट समेत निर्वाचन र संविधान सम्शोधनको विषय संगसंगै लैजाने भनेर पार्टीलाई नै निर्वाचन रोक्ने कित्तामा उँम्याएका छन ।
काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको जनाकारी कांगेसका नेताहरुले दिएका छन् ।
निर्वाचनमा सबै दलले भाग लिने र सबै नेपालीलाई भयमुक्त मतदान गर्न पाउने वातावरण बनाउन दलले अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ । यसको अर्थ निर्वाचन कांग्रेसको पहिलो रोजाई होइन, संविधान सम्शोधन भएको छ ।
प्रतिक्रिया दिनुहोस्