काठमाडौँ, ५ असार ।सर्वोच्च अदालत वार एशाेसिएशन र युराेपियन युनियन (EU) काे टाेलिबिच बुधावाए भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
युराेपियन युनियनकाे राजधानी काठमाडौंस्थित EU Delegation Office काे आफ्नै बैठक कक्षमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा सर्वोच्च अदालत वार एशाेसिएशनकाे तर्फबाट अध्यक्ष बरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी, उपाध्यक्ष अधिवक्ता राजुु खड्का, सचीव अधिवक्ता शुभनराज अाचार्य तथा काेषाध्यक्ष सराेज घिमिरे सहभागी थिए भने European Union टाेलिकाे नेतृत्व युराेपियन राष्ट्रहरूका प्रमुख प्रतिनिधि एवं युराेपियन युनियनका महामहिम राजदुत Veronica Cody ले गरेकि थिइन् ।

उक्त भेटघाट कार्यक्रममा सर्वोच्च अदालत वार एशाेसिएशनकाे बर्तमान नेतृत्वले पदभार ग्रहण गरेयता सम्पन्न भएका कार्यक्रमहरूकाे बारेमा संक्षेपमा बताइएको थियो भने सर्वोच्च वारकाे आगामी कार्ययोजनाकाे बारेमा समेत प्रकाश पारिएको कुरा उक्त भेटघाटमा सहभागी सर्वोच्च अदालत वार एशाेसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले जनाएका छन । European Unionकाे तर्फबाट आफ्नाे धारणा व्यक्त गर्दै महामहिम राजदुत Veronica Cody ले सर्वोच्च अदालत वार एशाेसिएशनले आफ्नाे कार्यकालको यस अवधिमा सम्पन्न गरेका कार्यक्रमहरूबाट आफूहरू प्रभावित भएकाे उल्लेख गर्दै आगामी दिनमा सर्वोच्च अदालत वार एशाेसिएशनकाे कार्ययोजना अन्तर्गतका कार्यहरूमा सर्वोच्च वार र European Union बीच सहकार्य गर्न सकिने सम्वन्धमा थप प्रष्ट पारेकि थिइन ।
यसका लागि विस्तृत छलफल आवश्यक रहेकाेले निकट दिनमै सहकार्यका क्षेत्रहरू समेटिएको अवधारणा पत्रसहित आपसी छलफल अघि बढाउने प्रतिवद्धता समेत उक्त अवसरमा व्यक्त गरिएकाे बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्