समाचार

पोखरीमा डुबेर बालकको मृत्यु



पर्सा, ५ असार । पर्सामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जगरनाथपुर गाउँपालिका–१ पिडारीका अनिल पटेलका ५ वर्षीय छोरा राकेश पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको ले जनाएको छ ।