झापा, ६ असार । झापा दमकको एक थोक कपडा पसलमा आगलागी भएको छ ।
दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा बिहीबार राति १२ बजेतिर अचानक आगलागी आगलागी हुँदा करिब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।
विद्युत् चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो आगलागीबाट पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्