सम्पादकीय

‘विप्लव’का सर्लाही इन्चार्ज पौडेल मारिएको घटनाबारे मानवअधिकार आयोगले अनुसन्धान गर्ने



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो मुठभेडमा बिहीबार प्रहरीको गोली लागी मारिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ ।

आयोग प्रवक्ता वेदप्रसाद भट्टराईले उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नं २ कार्यालयबाट शुक्रबार नै घटनास्थलमा टोली खटाइएको विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिअनुसार केन्द्र र प्रदेशको संयुक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ । घटनामा प्रहरीको गल्ती भेटिए कारबाहीको सिफारिस गरिनेसमेत आयोग स्रोतले जानकारी दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।