नयाँदिल्ली । भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिकको खर्च व्यहोर्ने भएको छ । राजस्थान सरकारअन्तर्गत पर्यटन तथा देवस्थान मन्त्रालयले ६५ वर्ष माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो ।
सरकारले बिहीबार मात्र ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन एवं देवस्थान मन्त्री विशवेन्द्र सिंहले बताए ।
‘पशुपतिनाथ हिन्दुरूको महान् तीर्थस्थलमध्ये एक भएकाले यो निर्णय गरिएको हो ।’ राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ । उक्त सूचीमा भारतबाहिरको गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो ।
पछिल्लो निर्णयअनुसार काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाइ भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले व्यहोर्नेछ । यसअघि भारतभित्रकै ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो। यो खबर आजको कान्तिपुर दैनिकले छापको छ ।










प्रतिक्रिया दिनुहोस्