पोखरा, ७ असार । पोखरामा गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
आज बिहान मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग३च४३६ नम्बरको गाडीले ठक्कर दीदा माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कार कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिकित्सक र उनको गाडीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्