विश्व

विश्वको तेस्रो खर्बपतिमा बर्नार्ड आरनउल्ट



एजेंसी, ७ असार । विश्वको तेस्रो डलर खर्बपतिमा कन्जुमर कम्पनी एलभीएमएचका अध्यक्ष बर्नार्ड आरनउल्ट भएका छन् ।

एलएमभीएचको सेयरमा २.९ प्रतिशतले वृद्धि भएपछि उनको खुद सम्पत्तिमा वृद्धि भएको हो । समाचार एजेन्सीका अनुसार अहिले अध्यक्ष बर्नार्डको सम्पत्ति १ खर्ब डलर पुगेको छ । उनी विश्वकै तेस्रो डलर खर्बपति भएका छन् ।