रामेछाप, ८ असार । बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक गोलान्जोर गाउँपालिका–७, सिन्धुलीका २२ वर्षीय नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्