इटहरी, ८ असार । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले टहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा छलफल गर्ने बताइएको छ ।
आइतबार बस्ने नेकपाको बैठकमा सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरेको भन्दै उक्त विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले बताएका छन । सुनसरी नेकपा जिल्ला अध्यक्ष मण्डलले पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेकाले उनीमाथि नेकपाले छानबिन गर्ने बताए ।
प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको भन्दै प्रदेश कमिटीलाई जानकारी गराइएको जिल्ला अध्यक्ष मण्डलले बताएका छन ।
चौधरीको अमर्यादित अभिव्यक्तिलाइ लिएर महिला अधिकारकर्मीहरूले समेत पार्टीको ध्यानाकर्षण गराएका थिए । सार्वजनिक मर्यादाबाहिरका अभिव्यक्ति दिएको भन्दै चौधरीको महिला अधिकारकर्मीले विरोध गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्