एजेन्सी, ९ असार । इथोपियामा सेना प्रमुख सियर मेकोनेनको गोली हानी हत्या गरिएको छ ।
इथोपियाका प्रधानमन्त्री अबे अहमदले टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै अंगरक्षकले सियरको हत्या गरेको बताएका छन् ।
अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको प्रधानमन्त्रीले जनाएको छ । अमेरिकी विदेश विभागले अदिस अबाबामा आफ्ना कर्मचारीहरुलाई गोलीकाण्डबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्