काठमाडौँ, ११ असार । नेपाल पत्रकार महासंघले सङ्घीय संसदमा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा समेत चौतर्फी रुपमा वाह ! वाह ! गरिएको छ ।
महासङ्घका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरूमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालासँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन पनि महासंघले सरकारलाई अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्