काठमाडौँ, १२ असार । लायन्स क्लब अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्काले कुनै व्यक्ति वा संस्थाले अर्को कुनै व्यक्ति वा संस्थालाई सहयोग गर्नुपर्दा सहयोग प्राप्त गर्ने व्यक्ति वा संस्थाको आवश्यकता पहिचान गरेरमात्र गरिएमा त्यो वास्तविक अर्थमा सहयोग हुने र प्राप्त गर्ने पनि पूर्णरूपमा लाभान्वित हुनसक्ने बताएका छन् ।
जसले जतिसुकै ठूलो राशिको सहयोग गरेपनि सहयोग प्राप्त गर्नेको आवश्यकताभित्रको परेन भने त्यस्तो सहयोगले खासै अर्थ राख्न नसक्ने कुरा सर्वोच्च अदालत वार एशोसिएशनका उपाध्यक्ष समेत रहेका चार्टर प्रेसिडेन्ट खडकाले बताएका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तरगतको लायन्स क्लव अफ अव्वल भ्यालीद्वारा चितवन जिल्ला इच्छाकामना गाउंपालिका वडा नं. ६ मा अवस्थित श्री देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।
कक्षा १ देखि कक्षा ५ सम्म अध्यापन गरिंदैआएको उक्त विद्यालयमा हालैमात्र सुरूवात गरिएको नर्सरी कक्षाको लागि आवश्यक स्तरोन्नतिमा सहयोग गर्दै नर्सरीमा अध्ययनका लागि आउने वालवालिकाहरूको लागि आवश्यक पर्ने मनोरञ्जनपूर्ण पाठ्यसामग्रीका अलावा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि खेलकुदका सामाग्री र स्टेसनरी सामानहरू लायन्स क्लव अफ अव्वल भ्यालीका तर्फबाट सहयोग स्वरूप हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले उक्त स्कूलमा अध्ययन गर्ने करिव १२० विद्यार्थीहरूमध्ये १ जना गुरूङ थरकाबाहेक अन्य सम्पूर्ण विद्यार्थीहरू चेपाङ समुदायका भएका र यहाँका विद्यार्थीहरूका लागि स्कूलमा नियमित गराउनु प्रमुख समस्या रहिरहेका बेला लायन्स क्लव अफ अव्वल भ्यालीका तर्फबाट भएको नर्सरी कक्षाकोठाको स्तरोन्नती एवं प्राप्त भएको मनोरञ्जनपूर्ण पाठ्यसामग्रीका कारणबाट साना साना बालबालिकाहरूका लागि स्कूलको अध्ययन बोझिलो नभएर मनोरञ्जनपूर्ण हुने हुंदा साना साना वालवालिकाहरूलाई खुसी खुसी स्कूल आउने वातावरण बन्न जाने भएकोले सहयोगको लागि धन्यवाद दिएकि थिइन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहयोग हस्तान्तरणपछि बालबालिकाहरूलाई खाजा वितरण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्