राजनीति

विनियोजन विधेयक प्रस्ताव पारित



विराटनगर, १३ असार । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सो प्रस्ताव आर्थिक मामिला तथा योजनमन्त्री ईन्द्रबहादुर आङ्बोले पेश विधेयक बहुमतले आज पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि आजदेखि छलफल शुरु भएको छ ।