राजनीति

भक्तपुरमा दिनप्रति दिन स्तराउन्नती तथा कालोपत्रे



भक्तपुर, १३ असार । विकास र समृद्धिको पहिलो नभई नहुने कार्य मध्ये भौतिक संरचना एक हो । जसमा भक्तपुरमा दिन प्रति दिन सडक नभएको ठाउँमा निर्माण, स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यले व्यापक तिव्रता पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलेको निरन्तर लगाब, निगरानी तथा खवरदारीका साथमा स्थानीय जनप्रतिनिधि, जनताको साथ सहयोगमा भक्तपुरमा सयौं सडकहरु निर्माणको भइरहेका छन् त कतिपय निर्माण सम्पन्न समेत हुन थालेका छन् ।

सडकको साथ साथै खानेपानी, पुल, सफाई अभियान, वृक्षारोपण, ढल, विद्यालयका भवन, विभिन्न मठमन्दिर, पाटीपौवा, पार्कलगायतका अनेकौं कार्यहरु व्यापक मात्रामा अघि बढिरहका छन् ।

त्यती मात्र नभई भक्तपुरमा स्थानीय तह, प्रदेश सरकार तथा संघिय सरकारको तर्फबाट सयौं योजनाहरु अघि बढिरहेका छन् । भक्तपुरको इतिहास मै सबै भन्दा धेरै योजनाहरु आर्थिक बर्ष २०७६/०७७ को केन्द्रीय बार्षिक कार्यक्रमको रातो किताबमा परेका छन । जसमा,

१. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत-७३ वटा,
२. शहरी विकास मन्त्रालय अन्तर्गत-६२ वटा,
३. खानेपानी मन्त्रालय अन्तर्गत-४० वटा,
४. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत-१९ वटा योजनाहरु परेका छन ।

बाकी, संस्कृति पर्यटन तथा नागरिक, पुननिर्माण प्राधिकरण, वन तथा वातावरण, ऊर्जा जलस्रोत तथा सिंचाइ, मन्त्रालयका बजेटका योजनाहरु समेत दर्जनौं रहेका छन् । त्यस्तै प्रदेश सरकारबाट पनि दर्जनौं योजनाहरु पर्न सफल भएका छन् । यो सँगै आगामी दिनमा भक्तपुरको मुहार फेरिने मात्र नभई देशकै विकसित जिल्लाको रुपमा परिचय बनाउने निश्चित रहेको देखिएको छ ।

सूर्यविनायक नगरपालिकामा मात्र निर्माणको चरणमा रहेको सडकहरु,

२०७५ जेठ ७ गते सांसद बस्नेतले शिलान्यास गर्नुभएको स्थानीय पूर्वाधार अन्तर्गत विनियोजित रु ११ करोड ५७ लाख बजेटले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ को डोलेश्वर पलासे सडक, ८ मिटर चौडा गरी स्तरोन्नती र कालोपत्र गर्न शिपाडोल देखि नंखेल नंदिकेश्वर चारदोबाटोसम्म भैरहेको पहिलो चरण आसपाल खण्डमा कालोपत्रे गर्ने कार्य तिव्र गतिका साथ अघि बढ्दै सम्पन्नता हुने तर्फ अघि बढिरहेको छ ।

सूर्यविनायक नगरपालिका भन्दा मुनि बाईजुटोलमा भएको ढलान, सूर्यनगर तजटोलमा क्षेत्र विकास कोषबाट भएको कालोपत्रे, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भैरहेको सुवर्ण चोकबाट तिनधारा जाने सडक, चुनदेवी गणेश हिल टोलमा भएको कालोपत्र र ढलान, कटुञ्जे – ६ चुनदेवी बाट सुवर्णेश्वर स्कुल जाने सडक विस्तार, कटुञ्जे – ५ वडा कार्यालय बाट कोलडाँडा जाने सडक विस्तार, कटुञ्जे – ५ एकता मार्गको बाटो मा भएको कालोपत्र, कटुञ्जे – ५ श्रृजना नगरबाट नगरपालिका जाने सडक विस्तार र स्तरोन्नतिको काम, कटुञ्जे – ५ सल्लाघारिबाट नगरपालिका जाने सडक विस्तार र स्तरोन्नति रहेका छन् ।

त्यस्तै च्वामु सडक, पानीट्याङ्की–सिरुटार जाने सडक, थिमीदेखी गणेश मन्दिर जाने सडक, दवाडी टोल–प्रेसस स्कुल जाने सडक, बालकोट सूर्यचोक–खुकाडोल हुँदै विरुवा जाने सडक, सल्लघारी–कटुञ्जे–चित्रपुर हुँदै लुभु जाने सडक, चित्रपुर उकालो जाने सडक, बालकोट पानीट्याङ्ककीबाट गाम्चा जाने राजकुलो सडक, गाम्चा सिकारीटारबाट तर्खगाल जाने सडक, तर्खगाल–गुण्डु– दधिकोट जाने सडक, पात्लेटार–अनन्तलिङ्गेश्वर जाने सडक, चरखण्डी–पात्लेटार जाने सडक, बालकोट हुँदै गोदावरी चाँगाथली सडक, सूनपा १ र २ जोड्ने पुल, गोदावरी खोलामा निर्माणधिन करिडोर, हनुमन्ते नदीको करिडोर, मनोहरा नदीको करिडोर लगायतका तिव्र गतिका साथ निर्माण भइरहेका छन् ।

त्यस्तै नंखेलको काक्राबारी जाने सडक, चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोडने सडक लगायतका सयौं सडकका योजनाहरुका काम अघि बढिरहेका छन् ।

मध्यपुर नगरपालिका, चांगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका छूटेका आयोजनाहरु बाकी अर्को अंकमा प्रस्तुत गरिनेछ ।