राष्ट्रपतिले प्रदान गर्ने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको तीन वर्ष भइसकेको छ । राष्ट्रको बेफुर्सदीका कारण भन्दै तीन वर्षदेखिको पुरस्कार र सम्मान चलचित्र विकास बोर्डमा थन्क्याइएको छ ।
यही वेला नेपाल सरकार आफैँ आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने अनौठो देखिएको छ ।
भारतको निजी क्षेत्रबाट सञ्चालन हुने थुप्रैमध्येको एक कार्यक्रम इन्टरनेसनल इण्डिया फिल्म अवार्ड(आइफा)को २० औँ संस्करण काठमाडौंमा आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्चिन लागेको हो ।
सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् । भने बाँकी अहिले दाबी गरिएअनुसार ५०० भन्दा बढी भारतीय ‘अइकन’ तथा कलाकारको आवतजावत टिकट, होटल बसाइमा समेत सौजन्य सहयोग बटुलिने छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्