राजनीति

भरतपुरका संस्थापक मेयर चुकेको निधन



चितवन, १४ असार । तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको निधन भएको छ ।

शुक्रबार नारायणगढस्थित आफ्नै निवासमा बिहान ११ः५५ बजे निधन भएको हो । विसं १९९२ कात्तिक १ गते गुल्मी जिल्लाको वामीटक्सारमा जन्मेका चुके २०३५ मा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बनेका थिए ।

स्व. चुकेको अन्तिम संस्कार देवघाटमा शनिबार बिहान गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि उनको पार्थिव शरीर चितवनको का‌ंग्रेस पार्टी कार्यालयमा राखिनेछ ।