सम्पादकीय

सरकारले टेक्न सकेन शहीदको दैलो



आनन्दबजार, ३ चैत । भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्तवना दिन अहिलेसम्म सरकारी टोली कोहि पुगेको छैन ।

सरकारले गौतमलाई शहीहद घोषणा गरेको थियो । सरकारले शहीहद घोषणा गरेको सञ्चारमाध्यमहरुमा सुनेपनि हालसम्म सरकारी टोली पुगेर त्यस्तो औपचारिक जानकारी नगराएको गौतम परिवारको भनाइ छ ।

सरकारले शहीद गौतमलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे पनि सरकारी तवरबाट औपचारिकतामा सिमित राख्यो तर जनस्तरबाट भने उच्च सम्मान पाएको शहीद गौतमका बुबा खेमलाल गौतम बताउँछन् । नेपाल समाचारपत्रमा समाचार छ ।