एजेन्सी, १४ असार । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।
भारतीय संचार माध्यमका अनुसार शुक्रबार राति एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खस्दा भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको छ ।
तीन जनालाई भने उद्धार गरिए पनि केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्