Banner News

‘वृक्षरोपण दिवस’ आजदेखि देशभर वृक्षारोपण अभियान शुरु



काठमाडौँ, १४ असार । आज असार १४ गते ‘वृक्षरोपण दिवस’को अवसरमा आजदेखि सरकारले देशभर वृक्षारोपण अभियान शुरु गरेको छ ।

आज शनिबार वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने मन्त्रालयले जनाएको छ ।

उक्त दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा विरुवा रोपेर औपचारिक उद्घाटन गरेका छन । प्रधानमन्त्री ओलीले सरकारले हरित सडक हरित वातावरण बनाउने अभियानमा लागेको बताउदै उनले सबै नेपालीलाई आफुले सक्ने ठाँउमा वृक्षारोपण गरेर हरित वातावरण बनाउन सहयोग गर्न अपिल समेत गरेका छन ।

उनले भने, सबैले आ–आफ्नो ठाउबाट वृक्षारोपण गरौं, ठाउको अभाव भए कौशीमा गएर एउटा गमलामा खुर्सानीको बोट भएपनि लगाऔं’ झोला बोकेर बजारतिर जानु भन्दा कौशीमै तरकारी लगाउने वातावरण सिर्जना गर्नुहोस् ।’ ‘वृक्षारोपण गरिएका विरुवा हुर्काउने जिम्मा सबै नेपालीले लिनुपर्छ, तर आज आफुले रोपेको विरुवाको जिम्मा आफै लिनुहोस्, आफ्नो सन्तान जस्तै हेरचाह गर्नुहोस्,‘ वृक्षारोपणमा मात्र होइन अब त्यसको सुरक्षामा प्रतिष्पर्धा गर्नुहोस् ।’

कार्यक्रम अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म २४ सय फलफूलका बिरुवा रोपिनेछन् । सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ ।