सिन्धुली, १४ असार । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुली जिल्ला प्रशासन कार्यालय अगाडि रुख रोपेर राष्ट्रिय बृक्षारोपनको सुरुवात गरेका छन ।
शनिबार सिन्धुलीमा नेपाली सेनाको संयोजनमा भएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले रुख रोपेर उक्त अभियानको सुरुवात गरेका हुन । सिन्धुलीमा हरेक ब्यक्तिले एउटा रुख रोप्ने अभियान अघि बढेको छ ।
उपप्रम पोखरेलसँगै उहाँका स्वकीय उपसचिव दिपेन्द्र श्रेष्ठसहित नेपाली सेनाका अधिकृत तथा जवान, सरकारी कर्मचारी र सर्वसाधरणले रुख रोपेर अभियान अघि बढाएका छन ।
सरकारले आजको दिनलाई राष्ट्रिय बृक्षारोपन दिवस घोषणा गरी मुलुकभर हरियाली बनाउने अभियान थालेको छ ।










प्रतिक्रिया दिनुहोस्