काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको सुरु भएसंगै सबै प्रकृया टुंगो लाग्नेबताएका छन ।
आज राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म आलोचना समाप्त हुने बताएका छन ।
उनले भने, ‘अबको पन्ध्र–सोह्र दिनभित्र पार्टी एकताका बाँकी काम पुरा हुन्छ, नयाँ आर्थिक वर्षको सुरु भएसंगै सबै प्रकृया टुंगो लाग्छ ।’
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको बताउदै उनले भने, ‘एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस् । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिड्थे, अहिले मास्क नै लगाउनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले समाजवादमा पुग्ने लक्ष्यसहितको सिद्धान्त नै नेकपाको मार्गनिर्देशक सिद्धान्त भएको बताउदै उनले भने, ‘हाल, जनताको जनवादमा सहमति गरेका छौं । त्यो नै मार्गनिर्देशक सिद्धान्त हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्