राजनीति

युवा संघ नेपालद्वारा वृक्षारोपण



झापा, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले झापामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार नेपाल सरकारले देशभर सात करोड विरुवा रोप्ने अभियान शुरु गरेको अवसरमा उक्त कार्यक्रम गरिएको हो । पार्टीको केन्द्रीय निर्णय तथा निर्देशन बमोजिम मदन जयन्तिको अवसर पारेर पर्यावरणको सुरक्षाकालागी देशब्यापि बृक्षरोपण गर्ने अभियानका क्रममा युवासंघ नेपाल र वाइसियल नेपाल जिल्ला कमिटी झापाको आयोजनामा कनकाइ नगरपालिका वडा नं ८ स्थित सिमलडाँडा पर्यटकिय क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

तत्कालिन नेकपा एमालेका युवा संघ नेपालका उपाध्यक्षरप्रदेश प्रमुख, पर्शुराम बस्नेत, संघका सचिवालय सदस्य रविन थापा तथा पार्टी प्रदेश कमिटीका सद्स्यरजिल्ला सचिव बिजय साम्पाङ्को समुपस्थितिमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।