राजनीति

दुई दिने अल्टिमेटम सहित ज्ञापनपत्र



काठमाडौँ, १६ असार । शिक्षक सेवा आयोगले खुलाएको बिषयगत वा शिक्षक अध्यापन अनुमति पत्रको बिज्ञापनमा स्वास्थ तथा शारीरिक शिक्षा बिषयको बिषयगत अध्यापन अनुमति पत्र लिन नसकिने ब्यबस्थाको बिरोध गर्दै आइतबार स्वास्थ तथा शारीरिक शिक्षा संघर्ष समितिले शिक्षक सेवा आयोगका प्रमुख आयुक्त ताना प्रसाद गौतमलाई दुई दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाई सो सम्बन्ध छलफल गरेका छन् ।

आज अध्यापन अनुमतिपत्रको बिषयगत अध्यापन अनुमती पत्र खुलाउनु स्वागत योग्य भएको तर स्वास्थ तथा शारीरिक शिक्षा बिषयलाई अनुमती पत्र नै लिन न मिल्ने गरि दर्खास्त आह्वान गरिनु दुखद रहेको कुरा संघर्ष समितीका सञ्चार संयोजक के आर पाण्डुलिपिले बताउनुभयो । दुई दिन भित्र मागको उचित सम्बोधन नभएको खण्डमा विद्यार्थी कडा आन्दोलनमा उत्रने समेत उहाँले चेतावनी दिनुभयो ।