राजनीति

सानो थिमी क्याम्पस प्रमुख घिमिरेको राजीनामा माग (विज्ञप्तिसहित)



भक्तपुर, १६ असार । सानो थिमी क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको राजिनामा माग गरिएको छ ।

नेपाल प्रगतिशील प्राध्यपक सङ्गठन तथा नेपाल राष्ट्रिय प्राध्यपक सङ्गठन, एकाइ समिति, सानोठिमी क्याम्पसले संयुक्त रुपमा आइतबार एक विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा यस सानोठिमी क्याम्पसमा क्याम्पस प्रमुखबाट भए गरेका सृङ्खलाबद्ध क्रियाकलापहरूबाट यस संस्थाको भौतिक, शैक्षिक तथा प्राज्ञिक उन्नयन गर्ने विषयमा गम्भीर प्रश्नहरू उठेका छन् । विगतमा क्याम्पस हाताभित्र रहेको १३ रोपनी जग्गा अनिश्चित कालका लागि कौडीको भाउमा बहालमा दिई क्याम्पसलाई अपुरणीय क्षति गराउने तर आफूलाई अदृष्य रूपमा व्यक्तिगत आर्थिक लाभ हुने बदनियतका साथ काम गरेको मात्र होइन, पछिल्लो समयमा क्याम्पसको लेटरप्याड, छाप झोलामा नै बोकेर जुनसुकै निर्णयका कागजपत्र क्याम्पस हाताबाहिर बनाई काम गर्ने गरेको, प्राध्यापकहरुको व्यक्तिगत मानमर्यादामा आँच पु¥याउने र स्वतन्त्रता समेतमा हस्तक्षेप गरी मध्येरातमा फोन गरी सन्त्रासपूर्ण ढङ्गले धम्काउने, पूर्व क्याम्पस प्रमुखहरुको पालामा जम्मा भएको रकमको अपारदर्शी ढङ्गले प्रयोग गरी समाप्त प्रायः बनाउने अवस्थामा पुराएको जस्ता सृङ्खलाबद्ध रूपमा बद्नियतपूर्ण काम गर्ने क्रम जारी छ ।’