चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक ठोक्किदा १ को मृत्यु भएको छ ।
आइतबार राति भरतपुर महानगरपालिका–२९ खहरे पुलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल ठोक्किदा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्