काठमाडौँ, १६ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।
सोमबार बिहान कावासोती–८, स्थित जङ्गलमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवदह नगरपालिका–७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा पछाडि सवार ३३ वर्षीय तारा पोख्रेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका दुवैलाई कालीगण्डकी अस्पताल कावासोतीमा लगिएको र दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्