राजनीति

पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही



काठमाडौँ, १७ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ ।

भूकम्प पीडितहरुबाट गैरकानुनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेकोले प्राधिकरणले कारबाही गरेको हो ।

पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिस्टेन्ट सब–इन्जिनियर छन् । ती प्राविधिकहरुको करार सम्झौता भंग गरी नियमानुसार कारबाही गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।