समाचार

खुर्पा प्रहार गरि बुहारीले गरीन जेठाजुको हत्या



गोरखा, १७ असार । गोरखामा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् ।

सोमबार दिउँसो शहीदलखन गाउँपालिका–७ बुङकोटमा ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै बुहारी गोरीमाया रानाले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

हत्याका आरोपित गोरिमायालाई हत्यामा प्रयोग गरेको भनिएको खुर्पासहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।