सम्पादकीय

बाबुराम र उपेन्द्र यादबबीच कार्यगत एकता, अब सँगसँगै अघि बढ्ने



काठमाडौं, ७ माघ । संघीय गठबन्धन र नयाँ शक्तिबीच अल्पकालीन कार्यगत एकता गर्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा काइगत एकता गरी संविधान संशोधनको परिमार्जनमा समानता खोज्ने सहमति भएको छ ।

गठबन्धन आबद्ध दल रामसपाका महामन्त्री केशव झाका अनुसार शुक्रबार गठबन्धन र नयाँ शक्तिका नेताबीच संविधान संशोधनका चारवटा विषयको परिमार्जनका लागि समान धारणा बनाउन बैठक बस्दै छ । यो कार्यगत एकताको प्रारम्भिक चरण भएको झाको भनाई छ ।

केही राजनीतिक विषयमा अझै विमति रहेकाले सहकार्य दीर्घकालसम्म नहुने प्रस्ट भएकाले तत्कालका लागि संविधान संशोधनको बुँदामा ध्यान दिन कार्यगत एकता गर्ने सहमति भएको सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले जानकारी दिए को नयाँ पत्रिकामा समाचार छ ।