राजनीति

आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन



काठमाडौँ, १८ असार । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । समितीले नेपालको स्वाधिनता, स्वतन्त्रता तथा अस्मितामाथि आँच आउने प्रकारको भएकाले तत्काल उक्त अवार्ड कार्यक्रम रोक्न सरकारलाई समितीले निर्देशन दिएको हो ।

समितीका सभापति पवित्रा निरौलाले भन्नुभयो, ‘सरकारले सम्झौता त गरेको छैन तर, त्यसलाई हेर्दा नेवालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएका हौं ।’