पाँचथर, १८ असार । जिल्लाको हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको भएको छ भने तीन जना घाइते भएका छन् ।
निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्गमा काम गरिरहेको ट्रयाक्टर मंगलबार दिउँसो सामान र कामदार लिएर अमरपुरबाट सालिङगे जाँदै गर्दा भएको दुर्घटनामा परि याङवरक गाउपालिका–३, ओयामका सुरेन्द्र सेलिङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट याङवरक–३ का कुमार लिम्बू, र याङवरक–३ कै अजय सेलिङ र इलामका लिला सुन्दास घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्