काठमाडौँ, १८ असार । युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ ।
जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको हो । युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ ।
बीबीसीका अनुसार केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको र उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए ।
पाँचौं महत्त्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने आज मनोनयन गरिनेछ । युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्