समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु



नवलपरासी, १८ असार । नवलपरासीमा बस ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार देवचुली नगरपालिका-१६, कुमारवर्ती चोकमा लु २ ख १४ ९३ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय पैदलयात्री राधिका अधिकारीको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।