काठमाडौं, १८ असार । नेपालका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा वरिष्ठ सल्लाहकार तथा शिक्षासेवी र समाजसेवीको रुपमा ख्याती कमाएका नवराज काफ्ले अष्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यबाट गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) को स्टेट कोअर्डिनेशन कमिटि (एससिसि) को सदस्य पदमा चुनाव लड्दै छन् ।
सन् २०१९-२०२१ सम्म अर्थात २ वर्षको लागि यही ६ जुलाई शनिबारका दिन सम्पन्न हुन लागेको सो चुनावमा क्न्स्ल्यिाण्डमा बस्दै आएका नेपालीहरुले मतदान गर्दैछन । क्विन्स्ल्याण्ड, धेरै नेपालीहरुको कार्यक्षेत्र र आवास रहेको सिड्नी र मेलवर्नपछिको अष्ट्रेलियाको तेस्रो ठुलो शहर मानिन्छ ।

चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलको भक्तपुर शाखा ‘भक्तपुर युरो किड्स प्रालि’का संस्थापक प्रवन्ध निर्देशक समेत रहिसकेका शिक्षासेवी काफ्लेकै कुशल र सफल व्यवस्थापनका कारण सो विद्यालयले स्थापनाको २ वर्षको अवधिमै युरो किड्स इन्टरनेशनलबाट ‘इमरजिङ्ग सेन्टर’को रुपमा पुरस्कृत भएको थियो । छोटो अवधिमा पुरस्कृत हुने सो विद्यालय नेपालको पहिलो विद्यालयको रुपमा परिचित छ ।

नेपाल राष्ट्रिय अभिभावक संघको भक्तपुर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिव समेत भईसकेका काफ्ले हाल विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकहरुको साझा संस्था ‘नेपाल अभिभावक महासंघ’ को पनि अध्यक्ष हुन । भक्तपुरका स्थायी वासिन्दा काफ्ले पेशाले वरिष्ठ लेखापरिक्षक र कुशल व्यवस्थापक समेत हुन ।

विभिन्न शैक्षिक तथा सामाजिक संस्थामा आफ्नो कार्यकालको छोटो अवधिमै कुशल व्यवस्थापकको रुपमा विभिन्न पुरस्कार प्राप्त गरिसकेका शिक्षासेवी काफ्ले राजधानीमा शैक्षिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वको रुपमा परिचित छन् । ‘साझा एनआरएनए, सबल एनआरएनए’ नाराका साथ चुनावी प्रतिष्पर्धामा होमिएका शिक्षासेवी काफ्ले आफुलाई क्विन्स्ल्याण्डवासी नेपालीहरुले आफ्नो अमुल्य मत दिएर वहुमतका साथ निर्वाचित गराउने कुरामा विश्वस्त छन ।
उनी भन्छन-‘एनआरएनएजस्तो प्रतिष्ठित संस्थालाई कुशल व्यवस्थापक र शिक्षाक्षेत्रमा भिजेको व्यक्तिको आवश्यकता छ, त्यो मैले पुरा गर्न भरमग्दुर प्रयास गर्नेछु ।’










प्रतिक्रिया दिनुहोस्