काठमाडौँ, १९ असार । प्रहरी प्रमुख सर्वेन्द्र खनालले नेपाल प्रहरीले समायोजनमा जान तयार रहेको बताएका छन् ।
बिहीबार राज्य व्यवस्था र सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक खनालले आफूहरु समायोजनमा जान तयार भइसकेको बताएका हुन् । यो विषयमा राज्य व्यवस्था सुशासान समितिले निर्देशन दियो भने कुनै समस्या नरहकेको पनि बताए ।
अहिले नै २६ हजार प्रहरी प्रदेशमा काम गरिरहेको बताउदै प्रहरी प्रमुख खनालले समायोजनको आधार तयार भइसकेको बताउदै उनले जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरी मातहत रहने कि प्रदेश सरकार मातहत रहने विषय टुंगिन बाँकी रहेको बताए ।
उक्त बैठकमा गृहसचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला गृहसचिव राईले त्यसो गरिए अप्ठेरो पर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्