राजनीति

आर्थिक वर्षको अन्त्यसँगै भक्तपुरमा तिव्र विकास, तिव्र अनुगमन



भक्तपुर, २० असार । आर्थिक वर्षको अन्त्यसँगै भक्तपुरमा विकासको गतिले तिव्रता पाएकोमात्र छैन कि आयोजनाको तिव्र अनुगमन समेत भइरहेको छ । विकासको नाममा देखावटी मात्र गर्न नदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पछिल्लो समय अनुगमनलाई व्यापक बनाउनुभएको छ । अनुगमनमा उहाँले सम्बन्धीत निकायका प्रतिनिधि तथा प्राविधिक टोलीलाई समेत सँगसँगै स्थालगत निरिक्षण गर्ने कार्य गरिरहनुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमात्र नभई समग्र भक्तपुर जिल्लामा भइरहेका विकास आयोजनाका गतिविधिलाई प्रत्यक्ष रुपमा निगरानी राख्दै कमी कमजोरीबाट मुक्त तथा देशकै मार्गनिर्देश तथा उदाहरणीय स्थानको रुपमा चिर परिचित गराउने कार्यमा तल्लीन रहँदै निरन्तर रुपमा अहोरात्र खटिरहनुभएको छ ।

सांसद बस्नेतले सामान्यता दैनिक रुपमा अनुगमन तथा निर्देशन दिने गर्नुभएको छ । दिनको करिव ४/५ घण्टा जति अनुगमन तथा निरिक्षणमा नै विताउने गर्नुभएको छ । सांसद बस्नेतले निर्वाचनका समयमा जनताका माझ गर्नुभएको प्रतिवद्धता करिव करिव पुरा गरिसक्नु भएको छ, जुन दुई वर्ष समेत पुरा भएको छैन । अबको करिव तीन वर्ष यही गतिमा विकास हुने हो भने भक्तपुरको विकास तथा जनताको विकास प्रतिको चाहनामा कायापलट हुने स्थानीयवासीहरुले बताउने गरेका छन् ।

भक्तपुरमा भइरहेको विकास केवल देखाउनेलाई मात्र नभई दिगो र प्रभावकारी समेत भएको देखएको छ । सांसद वस्नेतको नेतृत्वमा सम्बन्धीत निकायका प्राविधिक टोलीले समेत स्थलगत निरिक्षण तथा मूल्याङ्कन गर्दै स्थायीत्व विकास दिने प्रकारको काम भएको बताइएको छ ।

सूर्यविनायक नगरपालिका गुण्डु क्षेत्र लगायतमा भएका आयोजनाहरुको निरिक्षणमा उहाँले गल्ती र कमजोरिलाई सुधार्दै आगामी दिनमा पुनः त्यस प्रकारका गल्ती नदोहोर्याउन सचेत समेत गराउनुभएको छ । निरिक्षण भएका आयोजनाहरुमा कटुञ्जे तीनधार सडक कालोपत्रे, राउत गाउँ–हाक्ति गौंडा सडक, १ लाख क्षमताको किवाचोक खानेपानी ट्याङ्की, बुढि गण्डकी खोलाबाट सूनपा ७ वडा कार्यालय जाने सडक, प्राणी उद्यानको रिटेनिङ वाल, सिलामगाल घ्याम्पेडाँडा जाने सडक ढलान, ६ मिटरको घट्टाबाँधबाट पाइलटबावा जाने सडक विस्तार, ठाडो कुलोबाट डाँडा खेत जाने सिचाई कुलो, हाक्ति गौंडाबाट सूनपा ७ वडा कार्यालय जाने सडक, रानीखोला बाँधबाट वाग्लेटोल हुँदै परियार टोल जाने सडक, तार्केश्वर बसपार्क जाने सडक, गुण्डु चोकको सामुदायीक भवन, ३ लाख लिटरको गुण्डु वृहत्त काखोपानी ट्याङ्की, ज्योती स्कुलको भवन पुनः निर्माण, भैरवी स्कुलको भवन पुनः निर्माण, हात्ति गौंडाको फटसल लगायतका रहेका छन् ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले सांसद बस्नेतको नेतृत्वमा भक्तपुरको विकासले तिव्रता पाएको मात्र नभई दैडिएको बताउनुभयो । उहाँले सांसद बस्नेतको विकासमा जोस, जाँगर तथा उत्साहको साथमा स्थानीय जनप्रतिनिधि तथा जनताको साथ र सहयोगले नै भक्तपुर विकास निर्माणमा नेपालकै नमुना जिल्लाको रुपमा अघि बढिरहेको बताउनुभयो ।

सांसद बस्नेतले विकासमा कुनै राजनीतिक आग्रह तथा पूर्वाग्रह नराखी सवैलाई समान ढंगले अघि बढाउने कैशलका कारण नै नेपालका अघिकाशं जिल्लाले भक्तपुरको विकासलाई विशेष नजरका साथ विकास र समृद्धिको मार्गदर्शकको रुपमा हेरिरहेको बताउँदै प्रमुख थापाले जनताको तिव्र विकास प्रतिको चाहना एक पछि अर्को गर्दै क्रमिक रुपमा पुरा गर्दै विकसित तथा आधुनिक सहरको रुपमा स्थापीत गर्न भक्तपुलाई स्वर्णीम अवसर प्राप्त भएको बताउनुभयो ।

सांसद बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभई समग्र भक्तपुर जिल्लालाई नै विकास र समृद्धिको ढोका खुल्ला गरिदिनुभएको छ । सांसद बस्नेतले विगत २०औं वर्षमा भएको विकासभन्दा दुई वर्षभन्दा कम समयमा त्यो भन्दा बढी भएको साथै उद्योग बाणिज्य लगायतको क्षेत्रमा भक्तपुरले मुहार फेर्दै गएको र उद्योगीहरुको आफ्नो व्यवसायीक क्षेत्र रक्षा एवं भाग्य र भविष्य उज्जवल हुँदै गएको उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव मानन्धरले बताउनुभयो ।

सांसद बस्नेतको नेतृत्व तथा पहलमा भक्तपुरका कला, संस्कृति, परम्परा, मठ मन्दिर, पर्यटन लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिई भक्तपुरमा राष्ट्रपति भण्डारीलाई प्रमुख आतिथ्यता गराई नवदुर्गा भवानीको पुजा एवं नाच चलाई सम्पूर्ण देवगणलाई भोजन चलाउने समारोहकाबीच पुजाआजाको लागि अक्षय कोषको स्थापना गर्ने कार्यले भक्तपुरमा छुट्टै पहिचान बनाएको नेपाल उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले बताउनुभयो ।

चाँगुनारायण नगरपालिाका वडा नं. ३ का वडाध्यक्ष श्याम सुन्दर धिमाल तथा वडा नं. ८ का वडाध्यक्ष प्ररासर सापकोटाले छोटै समयमा सांसद बस्नेतको पहलमा भक्तपुरको इतिहासमा सवैभन्दा बढी बजेट तथा विकास निर्माणका कामहरु भएको बताउनुभयो । उहाँहरुले इतिहासमा सांसद बस्नेत विकास र समृद्धिमा कसैसँग अतुलनिय रहेको समेत बताउनुभयो । उहाँहरुले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजना अत्याधिक पर्न सफल हुनुमा सांसद बस्नेतको पहल नै सवैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । आधुनिक सुविधा सम्पन्न वीर अस्पताल बन्ने प्रकृयामा अघि बढेको बताउँदै उहाँहरुले धार्मिक तथा सांस्कृतिक, पर्यटकिय विकास लगायतमा भक्तपुर देशकै छानोको रुपमा अघि बढेको बताउनुभयो ।

सांसद बस्नेतले मध्यपुर नगरपालिकालाई समेत विशेष महत्वका साथ अघि बढाइरहनुभएको छ । मध्यपुरमा सडक, ढल, विद्यालय, मठमन्दिर, करिडोर, स्मार्ट सिटी, सभागृह लगायतका साना ठूला तथा राष्ट्रिय गैरवका आयोजनाले मध्यपुरवासीको मात्र नभई भक्तपुरको मुहार फेरिने स्थानीय जनप्रतिनिधिहरु बताउनुहुन्छ ।

हनुमन्ते नदीको करिडोर तथा मनोहरा नदीको करिडोर निर्माण सम्पन्न भईसकेपछि भक्तपुरका जनताको भाग्य र भविष्य निर्धारण हुने मध्यपुर थिमी तथा सूर्यविनायक नगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । छिटो र छरितो ढंगले करिडोर निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।