राजनीति

नेकपा विशाल नदी हो, यसबाट केही भंगाला छुट्टिए पनि पुन नदीमै आएर मिसिन्छन् : प्रम ओली



काठमाडौँ, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न पार्टी परित्याग गरी नेकपामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायबाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन् कहिले बाटो भूलेर पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ ।’

प्रधानमन्त्री ओलीले डा। बाबुराम भटराइको पार्टी छोडेर बेलैमा परिर्वतनगर्ने पार्टी छान्न आएकोमा प्रधानमन्त्री ओलीले नअल्मलिकन देश, जनता, आन्दोलन र पार्टीलाई चिनेर अगाडी बढनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताउनुभयो ।

नेकपा फुटोस भन्ने चाहना एक थरीले गरेको उल्लेख गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपा फुटोस भनेर एक थरीले कामना गरेका छन । पार्टी फुटको अर्थहीन कामना गर्ने छुट छ । कसैले चाँहदैमा नेकपा फुटदैन । नेकपा फुटाउने सपना कसैले नदेखे हुन्छ ।’ प्रधानमन्त्री ओलीले देश बनाउने महान अभियानमा जुट्न सबैलाई आव्हान पनि गर्नुभयो । देश बनाउने अभियानमा लाग्दा व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा उहाँको जोड थियो । देश बिकास रोक्न समेत केही शक्ति बिरोधमा उत्रिएको ठोकुवा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

प्रधानमन्त्री ओलीले चुनावमा पराजय भोगेका दलले जितेर सत्ता चलाउनेको आलोचना गर्न पाउने बताउनु भयो । प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले चुनाव हारेकाले आलोचना जति गरे पनि हुने बताउनु भएको हो । ‘चुनाव पनि हार्ने, आलोचना गर्न पनि नपाउने भन्ने छैन, आलोचना गर्न नपाए के गर्नु ? खुलेर आलोचना गर्नाेस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आलोचनाले गलत भइहालेको खण्डमा आफूहरुलाई सच्चित मद्दत पुग्ने समेत बताउनु भयो ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईं लगायत नेकपामा प्रवेश गर्नुभएको छ ।