रौतहट, २१ असार । रौतहटमा २५ लाख बीमा रकम हात पार्ने लोभमा एक बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन् ।
मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।
यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका थिए । हत्यापछि उनले छोरी हराएको भन्दै गुहार मागेका थिए अन्ततः १७ गते छोरी लक्ष्मीको शव पोखरीमा भेटिएको थियो । प्रहरीले नाबालिका लक्ष्मीको शव फेला परेपछि अनुसन्धानको क्रममा स्वयम् लक्ष्मीकै बाबुले बिमाको रकम हात पार्न उनको हत्या गरेको पत्ता लगाएको हो ।
रामकिशोरले कान्छी छोरी लक्ष्मीको एक महिना अघिमात्र स्थानीय प्रभु बैंकमा जीवन बिमा गराएका थिए । एक दिन उनलाइ कसैले भनिदियो कि जीवन बिमा गर्दा बिमककोे बिमा गरिएको एक महिनाभित्र मृत्यु भएमा बिमा रकम दोब्बर फिर्ता हुन्छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीले यादवले छिट्टै ठूलो रकम हात पार्ने लोभमा नाबालिका छोरीको हत्या गरेको अनुशन्धानमा खुल्न आएको छ ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्