समाचार

छुरा प्रहार गरी भाग्ने चार जना पक्राउ



काठमाडौँ, २१ असार । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका चार जनालाई पक्राउ गरेको छ ।

असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए । घाइते दुवैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।