Banner News

समितिकाे निर्देशन मान्दैनाैँ, आईफा अवार्ड गरेरै छाड्छौं : प्रधानमन्त्री ओली



काठमाडौँ, २१ असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने बताएका छन् । उनले अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गरे ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ, ‘प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो । राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन ।’ याे खबर नागरिक दैनिकमा छ ।