बाँकेको कोहलपुरमा २ बालिकामाथि बलात्कार घटना प्रहरीकै संलग्नतामा मिलापत्र गरिएको पाइएको छ । कोहलपुर नगरपालिका–१५ का १३ र १५ वर्षीया बालिका गत बुधबार बलात्कारमा परेका थिए । उनीहरूलाई आरोपितले ४ लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिएको बताइएको छ ।
घटना मिलाउन ५० हजार रुपैयाँ तत्काल परिवारको जिम्मा लगाइएको र बाँकी रकम साउन १५ सम्म दिने कागज गरिएको छ । अहिले बालिका र परिवारले बलात्कार नभएको दाबी गरेका छन्। बालिकाले पहिला हातपातको प्रयास भएको बताएका थिए ।
पीडितमध्येकी एक बालिकाले भने अधिकारकर्मीसँग आफू बलात्कारमा परेको सुनाएकी थिइन् । उनका अनुसार दुवै जनालाई मूल सडकबाट अलगअलग ठाउँ लगिएको थियो ।अधिकारकर्मी महिलासँग बालिकाले आफू बलात्कारमा परे पनि साथीलाई बलात्कार भएरनभएको थाहा नपाएको बताएकी थिइन् । ‘बलात्कारपीडितले आफूलाई दिसापिसाब गर्न पनि गाह्रो भएको सुनाइन्,’ अधिकारकर्मी ती महिलाले भनिन् ।
गत बुधबार मोबाइल बिग्रेर बनाउन हल्दारपुर आएका ती बालिकालाई कोहलपुर–१५ का सुवास परियार र हरि परियारले नास्ता खान भनी होटलसम्म लगेका थिए । नास्ता खाने क्रममा एक बालिका बेहोस भएपछि उपचारका लागि कौस्लिया अस्पताल पुर्याए तर त्यहाँ उपचार नभएपछि दशबिघा लैजाने भन्दै बर्दियाको पचासामा लगी अलपत्र छाडेर भागेको बालिकाहरूले बताए । याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्