समाचार

आजको मौसम



काठमाडौँ, २२ असार । आज काठमाडौँ लगायत देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा एवं पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ । त्यस्तै राती देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ । मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरू, मध्य-पश्चिमी तराईका एक-दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँमा उपत्यकामा हिजो ४ घण्टाभन्दा बढि समय पानी परेको महाशाखाले जनाएको छ । मनसुन पुर्ण रुपमा सक्रियसमेत भएको छैन् । सोही कारण कहिले पानी पर्ने, कहिले बदली हुने र घाम लाग्ने क्रम अस्थिर रुपमा चलिरहेको महाशाखाले जनाएको छ ।