Banner News

प्रधानमन्त्री रोजगार कार्यक्रम : कालिकाेटमा द्वन्द्वपीडित, महिला र शहीद परिवारलाई रोजगारी



काठमाडौँ, २२ असार । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई गाउँमै रोजगारी दिएको छ ।

पलाँता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिब, द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई प्राथमिकता दिएर गाउँठाउँमै १ सय ८० जनालाई रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिएका छन ।

कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत यहाँका सबै वडाहरुमा विद्यालय भवन मर्मत, फिल्ड निर्माण, खेल मैदान निर्माण, बाटो मर्मत, मन्दिर निर्माण, लगायतका कामहरु सञ्चालन भएका छन् । उक्त कार्यक्रमका लागि गाउँपालिकालाई ३७ लाख रुपैयाँ बजेट प्राप्त भएको जनाएको छ ।