राजनीति

एक महिनाभित्र पार्टी एकताको सबै काम सम्पन्न हुन्छ : अध्यक्ष प्रचण्ड



भक्तपुर, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक महिनाभित्र पार्टी एकताको सबै काम सम्पन्न हुने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनको आइतबार आयोजित कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एक वर्षदेखि सम्पूर्ण राजनीतिक प्रतिवेदन सहमति आजै टुङ्ग्याइएको समेत जानकारी दिनुभयो ।

उहाँले अगाडि भन्नुभयो “राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति र विधि, कुन नेताले भनेको आधिकारीक लाइन हो र कुन नेताले भनेको होइन भन्ने अन्योलताको अन्त्य भएको छ ।’

उहाँले राजनीतिक दस्तावेज पार्टीको कसीको रुपमा अगाडि बढ्ने छ यसले पार्टीको कार्यकतामा देखिएको अन्योलता अन्त्य हुने बताउनुभयो । उहाँले उक्त दस्तावेज पारित भएसँगै पार्टीको सैद्धान्तिक, संगठनात्मक आधार स्पष्ट बनेको उहाँले बताउनुभयो । आउने महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै उहाँले उक्त महाधिवेशनमा नेतृत्चको प्रतिस्पर्धा नहुने बताउनुभयो ।