काठमाडौँ, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ ।
आइतबार राती ८ बजे फोक्सोको क्यान्सरबाट पीडित नेता अधिकारीको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा निधन भएको परिवारले जनाएको छ ।
विक्रम सम्बत २००८ सालमा गोरखामा जन्मिएका अधिकारीका श्रीमती, दुईछोरा र तीन छोरी रहेका छन् । स्वर्गीय नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने छ ।
नेता अधिकारी कम्युनिस्ट आन्दोलनमा एक इमान्दार, निष्ठावान र आदर्शवान नेताको रुपमा चिनिन्छन् ।










प्रतिक्रिया दिनुहोस्