राजनीति

राजदूतहरुको संसदीय सुनुवाई स्थगित



काठमाडौँ, २३ असार । राजदूतहरुको संसदीय सुनुवाई स्थगित भएको छ  ।

राजदुतहरुको सुनुवाइका लागि सोमबार बिहान समितिको बैठक बोलाइएको र उक्त बैठक केहीवेर बसेर स्थगित भएको हो ।

अर्को बैठक आजै (सोमबार)  दिउँसो ३ बजे बस्ने छ । गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।