मेलम्ची खानेपानी आयोजनासँग ८८ भेन्डर (सामान आपूर्तिकर्ता) र आठ सय मजुदरले भुक्तानी माग गरेको छ ।
२९ मंसिरमा ठेक्का छाडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका मजदुर र भेन्डरले आयोजना बोर्डसँग एक अर्ब ६७ करोड चार लाख भुक्तानी पाउनुपर्ने माग गरेका हुन् ।
सिएमसीले आयोजनाको काम छाडेपछि आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । उनीहरुले सिएमसीले काम छाडेलगत्तै भुक्तानी माग गर्दै आए पनि आयोजनाले अधिकार नभएको भन्दै पन्छिँदै आएको थियो । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्