राजनीति

बर्दीको इज्जत र प्रतिष्ठाका लागी असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्छ : आईजीपी खनाल



कास्की, २४ असार । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्ने बताएका छन ।

सोमबार कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले प्रहरी अनुसन्धान टिमलाई अझैँ बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताएका छन् ।

काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै  महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्ने साथै अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि संगठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताए ।